नेपाली पृष्ठभूमिका बालबालिकाका लागी विश्व बाल कविता प्रतियोगिता

Children performing at Nepali Festival in Melbourne Australia in 2008

Source: Facebook/Nepal Festival Melbourne

विश्व बाल कविता प्रतियोगितामा विश्वभर रहेका नेपाली पृष्ठभूमिका बालबालिकाले आफ्नो साहित्यिक कलालाई कविताको माध्यमबाट प्रस्तुत गर्न सक्ने भएका छन्।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गतको बाल साहित्य समितिले पहिलो पटक आयोजना गर्न लागेको कविता प्रतियोगिताले विश्व भर रहेका नेपाली बाल बालिकामा आफ्नो भाषा संस्कृति प्रति लगाव बढोस् भन्ने उद्देश्य राखेको समितिका अस्ट्रेलिया सदस्य  प्रवीण टण्डनले  बताएका छन्। 

"जो चाहिँ आफ्नो भाषा साहित्य प्रति समर्पित हुनुहुन्छ उहाँहरूको लागी चाहिँ हौसला मिलोस् भन्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।"
प्रतियोगिताका बारेमा समितिका प्रवीण टन्डन सँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
अनेसास विश्व बाल कविता प्रतियोगिता नाम दिइएको यस प्रतियोगितामा भाग लिन इच्छुकले कविता लेखनका केही मापदण्डहरू पनि पुरा गर्नु पर्ने प्रवीण टण्डनले बताए।
world child poem competition_nepali children_nepali literature
Source: facebook/ Prabin Tandan
प्रतियोगितामा नेपाली पृष्ठभूमिका १४ वर्ष मुनिका बालबालिकाले उअपस्थिति जनाउन सक्नेछन्।

नेपाली भाषामा नै लेखिएको हुनु पर्ने कविता जुन कुनै विषयवस्तु र शिर्षकको पनि हुनसक्छ।

तर कविता बढीमा २०० शब्दको हुनु पर्नेछ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ सय, २ सय र सय डलर नगद पुरस्कार प्रदान गरिने टण्डनले बताए।

प्रतियोगितामा भाग लिन चाहने बालबालिकाले यही अगस्ट ३० भित्रमा balkabita@yaahoo.com मा आफ्नो कविता पठाउनु पर्नेछ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand