भिक्टोरियाली होटेल क्वारेन्टिन: अग्रपङ्क्तिका कर्मचारीलाई कोभिड-१९ खोप लगाएर मात्र काममा खटाइने

भिक्टोरियाली सरकारले आफ्नो होटेल क्वारेन्टिन कार्यक्रममा काम गर्ने अग्रपङ्क्तिका सबै कर्मचारीहरूलाई खोप लगाएर मात्र काममा लगाउने बताएको छ।

Cleaning staff are seen outside the View Hotel in Melbourne, one of the sites where Australian Open players and their entourage are quarantining.

Cleaning staff are seen outside the View Hotel in Melbourne, one of the sites where Australian Open players and their entourage are quarantining. Source: AAP

राज्यको होटेल क्वारेन्टिन कार्यक्रममा यो भन्दा पहिले दुई पटक सुधारका कदमहरू भन्दै परिमार्जनहरू गरिएता पनि कोरोनाभाइरस सङ्क्रमण समुदायसम्म पुग्दा, यो उक्त कार्यक्रमको तेस्रो संस्करण हो।

भिक्टोरियाली यातायात पूर्वाधार मन्त्री जसिन्टा एलानका अनुसार, राज्यको होटल क्वारेन्टिन कार्यक्रम बिहीबारदेखि पुनः सुरु हुँदा, कोरोनाभाइरस विरुद्धको खोप लगाएका अग्रपङ्क्तिका कर्मचारीहरूलाई मात्र काममा खटाइनेछ।

एलान भन्छिन् कि अप्रिल ८ देखि होटेल क्वारेन्टिन कार्यक्रम पुनः सञ्चालनमा आउँदा, अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने सबै कर्मचारीहरूले खोप लगाइसक्ने बुझाइ उनको छ।

"होटेल क्वारेन्टिनमा काम गर्ने अधिकांश कामदारहरूले खोप लगाइसकेकाछन्, र अग्रपङ्क्तिमा कार्यरत कर्मचारीहरूले खोप लगाएर मात्र अप्रिल ८ देखि काम गर्नेछन्," उनले भनिन्।

गत फेब्रुअरी महिनामा होलिडे ईन होटेलमा कार्यरत केही क्वारेन्टिन कर्मचारीहरू कोभिड-१९ बाट सङ्क्रमित भएपछि भिक्टोरियाली सरकारले होटेल क्वारेन्टिन कार्यक्रम स्थगन गरेको थियो।

अति सङ्क्रमणकारी मानिएको कोरोनाभाइरसको युके प्रजातिबाट ती कर्मचारीहरू प्रभावित भएदेखि भिक्टोरियाली होटेल क्वारेन्टिन कार्यक्रम तथा यहाँ अवतरण हुने अन्तर्राष्ट्रिय हवाई सेवा हालसम्म अवरुद्ध छन्।
२४ जना मानिसहरूमा उक्त युके स्ट्रेन भनिने कोरोनाभाइरसको एक प्रजाति देखिएपछि राज्य सरकारले मेलबर्न सहित पुरा भिक्टोरिया, ५ दिनका लागि लकडाउनमा राखेको थियो।

होटेल क्वारेनटिनबाट नै चुहावट भएको कोरोनाभाइरसद्वारा सुरु भएको सङ्क्रमणको दोस्रो लहरका कारण अघिल्लो वर्ष भिक्टोरियामा १८,००० भन्दा बढी सङ्क्रमितहरू, ८०० को हाराहारीमा मृत्यु र ११२ दिनसम्मको लगातार लकडाउन मेलबर्नवासीले भोगेका थिए।

एलेन चेङ्गद्वारा नेतृत्व गरिएको एक समीक्षा टोलीले क्वारेन्टिन कर्मचारीहरूलाई कोभिड-१९ खोप दिएर मात्र काममा लगाउँदा, भाइरस फैलिने जोखिम न्यूनीकरणको सर्वोत्तम उपाय रहेको बताए छ।
(L-R) Acting Victorian Premier James Merlino, Deputy Chief Health Officer Professor Allen Cheng and Acting Victorian Emergency Services Minister Danny Pearson
(L-R) Acting Victorian Premier James Merlino, Deputy Chief Health Officer Professor Allen Cheng and Acting Victorian Emergency Services Minister Danny Pearson Source: AAP
बिहि‍बारदेखि सुरु हुने कार्यक्रममा प्रति सप्ताह १,१२० जनासम्म यात्रुहरूलाई स्थान रहने बताइएता पनि कार्यवाहक प्रिमियर जेम्स मेलिनोका अनुसार भिक्टोरियाली सरकारले "आर्थिक समूह"लाई भनेर छुट्ट्याएको १२० स्थान सङ्घीय सरकारले नमाने पछि राज्यमा प्रति हप्ता अधिकतम १,००० यात्रुहरू मात्र आउने सक्ने छन्।

छानबिन समितिका सुझावहरू

सेफर केयर भिक्टोरियाद्वारा गरिएको सो छानबिनका क्रममा उसले होटेल क्वारेन्टिन कर्मचारीहरू उचित रूपमा तालिम प्राप्त रहेको र नियमहरू उल्लङ्घन भए एक-अर्कालाई सतर्क गराउने गरेको पाएको थियो।

यद्धपी छानबिनले एन९५ मास्कहरूको प्रयोग बढाउन, कर्मचारीहरूको सिफ्ट परिवर्तन हुने बेलाको प्रक्रियामा सुधार र कर्मचारीहरू तथा तिनका घरमा बस्ने अन्य मानिसहरूको सम्बन्ध देखाउन सहज हुने एक नयाँ अनलाइन प्रणालीको निर्माण गर्नुपर्ने जस्ता सुझावहरू दिएको छ।

यसै गरी, सबै क्वारेन्टिन होटेलहरूको भेन्टिलेसन भनिने वायु सञ्चार प्रणाली बारे पनि जाँच गरिनुपर्ने र केही पुराना भवनहरूको स्तरोन्नतिका लागि पनि छानबिनले पहल गर्न सिफारिस गरेको छ।

विदेशबाट फर्किने यात्रुहरूको हकमा भने, छानबिन समितिले उनीहरू क्वारेन्टिनमा बस्दा ४ पटकसम्म कोभिड परीक्षण गर्न भनेको छ।


Share
Published 6 April 2021 3:49pm
Updated 6 April 2021 3:52pm


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand