कोभिड-१९ महामारीका बिच पनि इन्द्रजात्रामा रमायो काठमाण्डू

Nepalese women struggle to drink homemade alcohol from the mouth of Deity Swet Bhairav as blessings during Indra Jatra festival.

The annual festival, named after Indra, the god of rain and heaven, is celebrated by worshipping, rejoicing, singing, dancing and feasting in Kathmandu Valley Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

नेपालमा इन्द्रजात्रा लगायतका कुनै सामाजिक कार्यको नाममा भिडभाड नगर्न र भेला भएका समूहले पनि भौतिक दुरी कायम राख्न अनिवार्य रहेको कुरा बारम्बार भनेता पनि यसको पालना भएको खासै देखिँदैन। इन्द्रजात्राको सांस्कृतिक महत्त्व र महामारीका बेला नेपालीहरूले सरकारी नियमहरूको बेवास्ता गरेको बारे काठमाण्डूबाट गिरीश सुवेदीको रिपोर्ट।


मनसुनपछि आउने इन्द्रजात्रामा देवराज इन्द्र काठमाडौँको नेवार समुदायका मानिसहरूको परम्परा अनुसार पुजिन्छन्।

हरेक वर्ष हुने यो जात्रा अघिल्लो वर्ष अलि फिक्का थियो तर यसै हप्ता सम्पन्न भएको यसपालिको जात्रा भने भव्य तरिकाले काठमाण्डूवासीले मनाए।

कोरोना महामारीको फैलने क्रम कम भएता पनि सुरक्षा मापदण्डको पालनाको निम्ति सक्ने जति तैयारी महानगरपालिकाले गरेको त थियो, तर यो खासै लागु हुन सकेन।

धेरै मानिसहरूले कोरोनादेखि बच्न सुरक्षाको सबै अवधारणालाई यस जात्राको निम्ति त्यागेको देखियो।

यस्तो अवस्थामा पनि किन सबैले यसरी यो जात्रालाई महत्त्व दिन पुगे भन्ने विषयमा संस्कृतिविद् आलोक तुलाधर भन्छन्, “यस जात्राको मुख्य दर्शन भनेको नै भगवान्‌हरुलाई पूजा गरेर ‘पानी पर्न अब पुगिसक्यो, अब हामीलाई हुस्सु चाहियो’ भनेर पुकार गरेको हो।

“यही कुरा इन्द्रदेवसँग जोडिन्छ किनभने उनलाई वर्षाको देवता पनि भन्ने चलन रहिआएको छ।”
20210919001577730126-original.jpeg
उनको अनुभवमा यस पर्वलाई इन्द्रजात्रा भनेर सम्बोधन गरेको धेरै दशक भएको छैन।

आफ्नो बाल्यकालको स्मरण अनुसार यस जात्रालाई नेवारी भाषामा ‘येँया’ भनेको उनलाई याद छ।

तीन दिनसम्म चल्ने यस जात्राको इतिहासको सन्दर्भमा भने काठमाडौँमा हिन्दु सभ्यताको प्रभाव पर्नुभन्दा अघि देखिनै यसको प्रचलन रहिआएको तुलाधरको बुझाई छ।
तुलाधरसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस् : null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
स्वर्गका राजा इन्द्रले आफ्नी आमाको व्रतको निम्ति पारिजातको फुल टिप्ने हुँदा त्यस ठाउँको धनीलाई केही खबर गर्दैनन् र समातिन्छन्।

हरेक वर्ष यसरी देवतालाई समातेको भनेर काठमाडौँ, ललितपुर र भक्तपुरको टोल टोलमा पोलमा इन्द्रदेवको प्रतिकात्मक बिल्ला ठडाउने गरिन्छ।

तर तुलाधरको अनुसार केही बुद्धिजीवीले यस कथनका इन्द्रदेवको पुरानो चलनसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।
20210919001577447115-original.jpeg
उनी भन्छन्, “जति पनि यो काठमाडौँमा हात तेर्स्याएर राखिने इन्द्रको मूर्तिहरू छ, यो पछिल्लो समयमा हिन्दु धर्मको प्रभावले गर्दा इन्द्रलाई पूजा गर्न थालियो, तर वास्तवमा त्यो ‘बुख्याचा’ भनेर चिनिन्थ्यो, जसलाई खेतहरूमा चरा धपाउन राखिन्छन् र अङ्ग्रेजीमा ‘स्केरक्रो’ पनि भनिन्छ।”

यस जात्राको प्रकृति र वातावरणको सन्तुलनसँग प्रतिकात्मक सम्बन्ध रहेको तुलाधर बताउँछन्।

उनको अनुसार वर्षौँ पुरानो इन्द्रजात्रा मनाउने प्रचलन अहिलेको दिनमा पनि जस्ताको तस्तै रहिआएको र यसमा समय अनुसारको सामान्य परिवर्तन मात्र देखा परेको छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand