कोभिड-१९: स्वास्थ्यकर्मीहरूमा पुग्नसक्ने दीर्घकालीन असरहरुका बारेमा अनुसन्धान सुरु

Registered Nurse Oli Meeta conducts a COVID-19 swab test at Bondi in Sydney

Registered Nurse Oli Meeta conducts a COVID-19 swab test at Bondi in Sydney Source: Getty

कोरोनाभाइरस महामारीका बेला बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा दीर्घकालीन रूपमा पर्न जाने शारीरिक एवम् मानसिक असरका बारेमा अनुसन्धान सुरु गरिएको छ।


महामारीबाट आफ्ना कर्मचारीहरूलाई जोगाउन कार्यस्थलमा के कस्तो तयारी भयो र यो सफल भयो भएन भन्ने बारेमा एक अनुसन्धानले निष्कर्ष निकाल्नेछ।

कोभिड-१९ का कारण दैनिक जसो कठिनाइको सामना गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सो अनुसन्धानले अध्ययन गर्ने बताइएको छ।

अस्पतालका कर्मचारी, प्राथमिक तथा बृद्धाहरुको हेरचाहमा संलग्न कामदारहरू लगायत स्वास्थ्य क्षेत्रका अन्य १,५०० भन्दा बढी सहभागीहरूका माझ यो अनुसन्धान अगाडी बढाइन लागेको हो।

मेलर्वनकी एक मान्यता प्राप्त एक्सरसाइज फिजीयोलोजिष्टका ज्याकलिन मर्फीको कोरोनाभाइरस सम्बन्धी अनुभव चुनौतीपूर्ण रहेको छ।

मर्फी भन्छिन् कि उनी बिरामीहरूसँग प्रत्यक्ष सम्पर्क वा आमने सामने रहेर गरिने उपचारको सबैभन्दा बढी अभाव महसुस गरिरहेकी छिन्।
नर्सिङ निदेर्शकका रूपमा भिक्टोरियामा रहेको बेन्डीगो हेल्थमा काम गर्ने सुसन जेनिङ पनि यस्तै समस्या भोगिरहेकी छन्।

उनी भन्छिन्, "शल्य चिकित्सामा काम गरीरेहका नर्सहरू श्वासप्रश्वासका बिरामीको रेखदेखमा खटिनु परी रहेको छ र कतिपय नर्सहरूका लागि यो चुनौती रूपमा प्रस्तुत भइरहेको छ।"

मोन्याश विश्वविद्यालयमा एक सङ्क्रमण रोग विशेषज्ञका रूपमा काम गरिरहेकी प्रोफेसर कारिन लिडर भन्छिन्, "यो तनावपूर्ण अवधिमा कामदारहरूको मनोवैज्ञानिक स्वास्थ्यका बारेमा निगरानी राख्न र ख्याल राख्न जरुरी हुन्छ। "

उनको विश्वविद्यालय हाल यो अनुसन्धानमा खटिएको छ र १२ महिनासम्म चल्ने उक्त अध्ययन हाल भिक्टोरियामा केन्द्रित हुनेछ।

कोरोना महामारीका कारण संसारभर कार्यरत स्वास्थ्यकर्मी तनाव, थकान वा अस्पतालहरूमा हुने सङ्क्रमणको जोखिममा परेका समाचारहरू आइरहेका छन्।
सङ्क्रमणबाट जोगिन प्रयोग हुने मास्क जस्ता अन्य व्यक्तिगत सुरक्षा साधनको निरन्तरको प्रयोगबाट अनुहारमा देखा परेका दाग सहितका फोटोहरू भाइरल भइरहेका छन्।

अनुसन्धानको हिस्सा अन्तर्गत स्वास्थ्य कामदारहरू सँग अन्तर्वार्ता गरिनेछ र सँगै कार्यस्थलमा उनीहरू कुन प्रणालीबाट चलिरहेका छन् भन्ने बारेमा पनि अध्ययन हुनेछ।

भिक्टोरियाकी कार्यस्थल सुरक्षा मन्त्री जिल हेनेसी भन्छिन्, "व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को अभाव, कार्यस्थलमा सामाजिक दुरी कायम नगरिनु जस्ता,पर्याप्त सर सफाइको कमी जस्ता समस्याहरू देखिएका छन्।

कामका कारण मानसिक स्वास्थ्यमा असर परेको भन्दै हाल सम्म ३ सय भन्दा बढीको दाबी परिसकेको र यसलाई स्वीकार गरिएको मन्त्री हेनेसीको भनाई छ।

भिक्टोरिया सरकारको गत महिनासम्मको तथ्याङ्क हेर्ने हो भने ३ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यस्थलमा कोरोना सङ्क्रमित भएका छन्।
क्यान्सर स्क्रिनिङ जस्ता क्षेत्रहरूमा बिरामी चाप निकै कम छ, अगस्ट महिनामा इमरजेन्सीमा आउने बिरामीहरू निकै घटेका थिए ।

भिक्टोरियाकी स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले अस्पतालहरू सुरक्षित रहेको बताउँछिन्।

शारीरिक रूपमा हुने हानि वा कोरोना सङ्क्रमण हुन्छ कि भन्ने डर त छदै छ साथ-साथै स्वास्थ्यकर्मीमा परेको मानसिक समस्या पनि ठुलो चुनौतीमा परेको छ।

फ्लिनडर्स विश्वविद्यालयमा मानसिक रोगका लेक्चरर ड्यान फज्नाक् भन्छन् कि स्वास्थ्यकर्मीहरूमा अन्य मानिसमा भन्दा मानसिक स्वास्थ्य समस्या देखिने सम्भावना धेरै रहन्छन्।

"पहिलेका महामारीलाई उदाहरणका रूपमा लिने हो भने स्वास्थ्यकर्मीहरूमा यसको असर पर्ने सम्भावना सबैभन्दा बढी देखिन्छ तर यसबाट हुने दीर्घकालीन हानि रोक्न भने सम्भव छ।"

अध्ययनको निष्कर्षका लागि आउँदो वर्षको सेप्टेम्बर महिनासम्म कुर्नुपर्ने बताइएको छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 


 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand