वर्षको अन्त्यसम्ममा अस्ट्रेलियामा सबैले कोरोनाभाइरस विरुद्धको खोप नपाउने प्रधानमन्त्रीद्वारा स्वीकार

मोरिसन सरकारले कोभिड-१९ खोप बारेको आफ्नो निश्चित समय रेखा सम्बन्धी नीति, परित्याग गरेको छ।

A view of the vaccination centre at the Royal Exhibition building in Melbourne, Monday, March 22, 2021.

A view of the vaccination centre at the Royal Exhibition building in Melbourne, Monday, March 22, 2021. Source: AAP

एस्ट्राजेनेका खोप ५० वर्षभन्दा मुनिका मानिसहरूलाई नलगाउने घोषणा गरेपछि, सङ्घीय सरकारले तोकेको समय रेखा भित्र सबै अस्ट्रेलियालीहरूलाई खोप उपलब्ध हुने योजना माथि प्रश्न चिन्ह लागेको थियो।

यस बारेमा आइतबार प्रधानमन्त्री स्कट मोरिसनले सन् २०२१ भित्र सबै अस्ट्रेलियालीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध नहुने स्पष्ट पारेका छन्।

फेसबुकमा लेख्दै उनले, आफ्नो सरकारद्वारा खोप बारे नयाँ समय सीमा नतोकेको बताएका हुन्।

"यो वर्षको अन्त्यसम्ममा सबैले खोप लगाएको हामीले हेर्न चाहेता पनि विद्यमान अनिश्चित्तताहरूका कारण यस्तो लक्ष्य निर्धारण गर्न सम्भव छैन।"

यद्यपि मोरिसनले सुरक्षित तथा तदारुकताका साथ कोभिड-१९ खोप निर्माण, वितरण तथा लगाउने कार्यमा आफ्नो सरकार दृढ रहेको भने बताएका छन्।
प्रधानमन्त्रीको कदमले खोपबारे व्यापक रूपमा अन्यौलता छाएता पनि राष्ट्रिय कोभिड-१९ आयोगकी जेन हल्टनले अस्ट्रेलियालीहरूलाई शान्त रहन आह्वान गरेकी छिन्।

नाइन नेटवर्कसँग सोमवार कुरा गर्दै उनले भनिन् कि मानिसहरूले शान्त भएर आधारभूत कुराहरूमा ध्यान दिनुपर्छ।

"हामीले देशभरका मानिसहरूलाई खोप दिन आवश्यक मात्रामा खोप उपलब्ध हुनुपर्छ, यो वर्षको अन्त्यसम्ममा हामीले फाइजरको खोप पाउँनेछौं र त्योसँगै फाइजरको ४ करोड कुल डोज हामीसँग हुनेछ," उनले भनिन्।
महामारी विज्ञ मेरी-लुइस मक्लज भने राष्ट्रिय रूपमा प्रति दिन एक लाखदेखि १२०,००० सम्म खोप लगाउन नसके सबै अस्ट्रेलियालीहरूलाई खोप लगाउने कार्य सम्पन्न हुन दुई वर्षसम्म लाग्न सक्ने बताउँछिन्।

पछिल्लो सरकारी आँकडा अनुसार एक दिनमा २७,००० भन्दा केही बढी मानिसहरूले मात्र खोप लगाइरहेका छन्।

उता, मक्केल इन्स्टिच्युटको एक अध्ययनले खोप लगाउने कार्यमा विलम्ब हुँदै जाँदा लकडाउन गर्नुपर्ने अवस्थामा वृद्धि हुँदै जाने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा १.४ अर्ब भन्दा पनि बढीको क्षति हुनसक्ने देखाएको छ।
प्रधानमन्त्रीले आफ्नो सरकारले खोप बारे कुनै नयाँ निश्चित समय सीमा नतोकेको बताउनु अघि आइतबार स्काइ न्युजसँग बोल्दै एक वरिष्ठ सङ्घीय मन्त्रीले सबै अस्ट्रेलियालीहरूलाई कम्तीमा पनि खोपको पहिलो मात्रा यस वर्षको अन्त्यसम्ममा दिइसक्ने योजना रहेको बताएका थिए।

व्यापार मन्त्री ड्यान टिहानले युरोपबाट खोपको आपूर्ति निश्चित गर्न आफू त्यसतर्फ बुधवार जान लागेको बताउँदै सालको आखिरीसम्ममा अस्ट्रेलियामा रहेका सबैले कोरोनाभाइरस विरुद्धको खोपको कम्तीमा पनि एक डोज लगाउन पाउने बताएका थिए।



Share
Published 12 April 2021 1:58pm
Updated 12 April 2021 2:28pm


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand